PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

इन्जिनियरिङ संकायका परीक्षा स्थगित, अनलाइन कक्षा भदौ १ गतेबाट



पहिलोपोस्ट

इन्जिनियरिङ संकायका परीक्षा स्थगित, अनलाइन कक्षा भदौ १ गतेबाट

काठमाडौं: त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा तय गरेको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ।

आज एक विज्ञप्ति निकाल्दै संस्थानले साउन १५ गते परीक्षा सञ्चालन गर्ने निर्णय गरेको भए पनि हाललाई परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै परीक्षा स्थगित गरिएको जनाएको हो।

'विश्वभर फैलिएको कोभिड-१९ को महामारीले गर्दा इ.अ.सं. अन्तर्गतका स्नातक तथा स्नाकोत्तर तहका परीक्षाहरु क्रमश भाद्र अन्तिम र तेस्रो साताबाट संचालन हुने भनि परीक्षा नियन्त्रण शाखाले साउन १५ मा सूचना प्रकाशित गरेकोमा हाल कोभिड १९ को महामारी कायमै रहेकाले इ.अ.सं. अन्तर्गतका परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले उक्त परीक्षा हाललाई स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ,' विज्ञप्तिमा भनिएको छ।

त्यस्तै इन्जिनियरिङ अध्ययन संस्थानको क्यालेन्डरमा क्षति नपुगोस भनेर भदौ १ गतेबाट अनलाइन कक्षा सञ्चान गर्ने पनि विज्ञप्तिमा जनाइएको छ।

'इ.अ.सं. शैक्षिक क्यालेन्डरमा थप क्षति नपुगोस भन्ने उद्देश्यले भाद्र १ गतेदेखि अनलाइन माध्यमबाट कक्षा सञ्चालन हुने ब्यहोरा यसै सूचनामार्फत सम्बन्धित सबैमा जानकारी गराइन्छ,' सूचनामा भनिएको छ, 'अनलाइन कक्षाको रुटिन लगायत अन्य विस्तृत जानकारीका लागि सम्बन्धित कलेजमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell