PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रकाश सुवेदीविरुद्ध पूजा शर्माको निवेदन, कानूनी सल्लाहकारसहित बैठक बस्दै चलचित्र कलाकार संघ



पहिलोपोस्ट

प्रकाश सुवेदीविरुद्ध पूजा शर्माको निवेदन, कानूनी सल्लाहकारसहित बैठक बस्दै चलचित्र कलाकार संघ

काठमाडौं : अभिनेत्री पूजा शर्माले पत्रकार प्रकाश सुवेदीविरुद्ध निवेदन दिएकी छिन्। उनले नेपाल चलचित्र कलाकार संघमा पत्रकार सुवेदीले आफूविरुद्ध अपमानजनक र अभद्र टिप्पणी गरेको भन्दै निवेदन दिएकी हुन्।

कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले यस विषयमा संघको ध्यानाकर्षण भएको बताउँदै भने,'जे भयो त्यो एक अभिनेत्री मात्र नभइ सबै नेपाली कलाकार एवं फिल्मकर्मीविरुद्धको अपमान हो। हामी भोलि नै यस विषयमाथि छलफल बस्दै थियौं।'

उनले सोमवार संघका पदाधिकारीहरू र कानूनी सल्लाहकारहरूको बैठक रहेको पहिलोपोस्टलाई जानकारी दिए। पछिल्लो समय विभिन्न माध्यमबाट कलाकारहरूविरुद्ध व्यक्तिगत आक्रोश पोख्ने साथै अपमानजनक व्यवहार गर्ने प्रवृत्ती मौलाएको उनको तर्क छ। निरौलाले भने,'पीडितका लागि न्यायसँगै कसरी यस्तो प्रवृत्ती निरुत्साहित गर्न सकिन्छ भन्ने विषयमा हाम्रो छलफल केन्द्रित रहने छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell