PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

प्रहरी कार्यालयमा कपाल काट्ने नाईमा पनि कोरोना संक्रमण



पहिलोपोस्ट

प्रहरी कार्यालयमा कपाल काट्ने नाईमा पनि कोरोना संक्रमण

काठमाडौं : महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् एक प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ। आइतवार उनको रिपोर्ट पोजेटिभ आएको प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेले जानकारी दिए।

प्रहरी स्रोतका अनुसार संक्रमित उनी प्रहरीका कपाल काट्ने नाई हुन्। उनीमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको छ।

यसअघि संक्रमितका दाइमा कोरोना भाइरसको संक्रमण देखिए पछि उनको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको हो।

संक्रमितका दाइ पनि प्रहरी नै हुन्। उनी अख्तिर दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell