A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6ab36e1c5f2686.53978370): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6ab36e1c5f2686.53978370,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab36e1c8db654.22491540): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6ab36e1c8db654.22491540,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

कठिन मोडमा वीरगंजः स्रोतसाधन र जनशक्ति नथपिएको भन्दै डाक्टर आन्दोलित, उपचार ठप्प पार्ने चेतावनी
PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

कठिन मोडमा वीरगंजः स्रोतसाधन र जनशक्ति नथपिएको भन्दै डाक्टर आन्दोलित, उपचार ठप्प पार्ने चेतावनी



राधेश्याम पटेल

कठिन मोडमा वीरगंजः स्रोतसाधन र जनशक्ति नथपिएको भन्दै डाक्टर आन्दोलित, उपचार ठप्प पार्ने चेतावनी

वीरगंज: पर्साको वीरगंज कठिन मोडमा पुगेको छ। नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक सेवा बन्द गर्ने चेतावनी दिँदै २४ घण्टे अल्टिमेटम दिएका छन्।

नारायणी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्याय समक्ष सामूहिक निवेदन दिँदै उक्त माग स्थानीय प्रशासन समक्ष राख्न आग्रह गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी वीरगंज शाखा तथा नारायणी अस्पतालमा कार्यरत करिब २ सय ५० जना कर्मचारीले अहिलेको अवस्थामा काम गर्ने अवस्था नरहेकोले सोमवार दिउँसो १ बजेसम्म आवश्यक दक्ष जनशक्ति तथा स्रोत साधनको व्यवस्थापन गर्न स्थानीय प्रशासनसँग माग गरेका हुन्।

संघका महासचिव एवं नारायणी अस्पतालका डा. उदयनारायण सिंहले विगत केही महिनादेखि पटकपटक पर्सामा बढिरहेको महामारीलाई मध्यनजर गर्दै आवश्यक पूर्व तयारी तथा जनशक्ति, स्रोत साधनको बारेमा स्थानीय प्रशासनसँग माग गर्दै आएकोमा जिल्ला प्रशासन कार्यालय, वीरगंज महानगरपालिका, प्रदेश २ सरकार र केन्द्र सरकारले कुनै चासो नदिएको कारण आफूहरु अन्तिम समयमा आत्मसमर्पण गर्दै सेवा बन्द गर्ने स्थितिमा पुगेको बताए।

‘पर्साको अहिलेको सुरक्षा व्यवस्था तथा कोरोना महामारीसँग लड्ने तयारी निकै खतरापूर्ण रहेकोले अब उपरान्त मानसिक यातना तथा ज्यान जोखिममा राखेर काम गर्न सक्दैनौ,’ उनले भने, ‘सोमवार दिउँसो १ बजेसम्म आवश्यक तयारीको लागि २४ घण्टे अल्टिमेटम दिएका छौं।’

नारायणी अस्पतालमा आइतवार विहान भएको तोडफोडको घटनाले नारायणी अस्पतालमा भौतिक क्षति तथा डा. उदयनारायण सिंहको निजी कारमा पनि क्षति भएको छ। वीरगंज–२ छपकैयाकी एक २० वर्षिया महिलाको मृत्युको विषयलाई लिएर आक्रोशित स्थानीयले अस्पतालमा गएर तोडफोड गर्दा चिकित्सक स्वास्थ्यकर्मीहरु असुरक्षा महसुस गरिरहेका छन्। यस विषयमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले समस्या समाधानको लागि पहल भइरहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell