PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

राखेपका नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई बक्सिङ संघको स्वागत



पहिलोपोस्ट

राखेपका नवनियुक्त पदाधिकारी र सदस्यहरुलाई बक्सिङ संघको स्वागत

काठमाडौं : नेपाल बक्सिङ संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त पदाधिकारी र सदस्यहरुको सम्मानमा आइतवार स्वागत तथा बधाई कार्यक्रम आयोजना गर्‍यो।

उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव रमेशकुमार सिलवाल तथा सदस्यद्वय अर्जुनबहादुर केसी र सुभास श्रेष्ठलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मायाको चिनो प्रदान गरी कार्यकाल पूर्ण सफलताका लागि शुभाकामना दिएका थिए।

उपाध्यक्ष कोइरालाले आवश्यकताका आधारमा राष्ट्रिय खेल संघको अस्तित्व स्वीकार गर्न जरुरी भएको बताउदै संघहरुको वर्गाीकरण गर्न आवश्यक रहेको बताए।

सदस्य सचिव सिलवालले कुनैपनि खेलको विकासका लागि तल्लो तहदेखि नै खेलाडी पहिचान र खेलकुदको विकास गर्नु पर्नेमा जोड दिए।

कार्यक्रममा बक्सिङका ओम्पियनत्रय राविराज थापा, उमेश मास्के र नरेन्द्र पुमा, राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, बक्सिङ प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, बक्सिङका एसियाड पदक विजेता दीपक महर्जनलगायतको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell