PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रदेश १ प्रमुखबाट जनस्वास्थ्य सम्बन्धी विधेयकसहित चार वटा विधेयक प्रमाणीकरण



पहिलोपोस्ट

प्रदेश १ प्रमुखबाट जनस्वास्थ्य सम्बन्धी विधेयकसहित चार वटा विधेयक प्रमाणीकरण

विराटनगर : आइतवार प्रदेश १ प्रमुखबाट चार वटा विधेयक प्रमाणीकरण भएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’बाट चार वटा विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका विधेयकहरु प्रदेश प्रमुखबाट प्रमाणीकरण गरिएको उल्लेख गरेको छ।

कार्यालयले प्रदेश स्तरमा फर्म दर्ता नवीकरण तथा तत् सम्बन्धी अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक, प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६, प्रदेश नम्बर १ जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण भएको बताएको छ।

उक्त विधेयकहरु नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell