PahiloPost

Jul 20, 2025 | ५ साउन २०८२

स्क्वास प्रशिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि



रासस

स्क्वास प्रशिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं : स्क्वास खेलका एक प्रशिक्षक कोरोना भाइरसबाट संक्रमित भएका छन्। उनले शनिवार पीसीआर परीक्षण गराएका थिए। परीक्षणको आज रिपोर्ट आएपछि उनमा संक्रमण पुष्टि भएको हो।

ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा रहेको स्क्वास हलमा आफूसँगै खेल्ने साथीमा गत साता कोरोना पाजेटिभ देखिएपछि पीसीआर परीक्षण गरेको र आफू पनि सङ्क्रमित भएको उनले बताए।

उनी अहिले सातदोबाटोस्थित स्क्वास भवनमा क्वारेन्टाइनमा बसेका छन्। उनले परिवारका सबै सदस्यको पीसीआर परीक्षण गराइने बताए। उनले डेढ दशकदेखि स्क्वासका खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell