PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न गृहको निर्देशन, मास्क नलगाइ हिँड्ने ३ लाख ९५ हजार जना कारवाहीमा



पहिलोपोस्ट

स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गर्न गृहको निर्देशन, मास्क नलगाइ हिँड्ने ३ लाख ९५ हजार जना कारवाहीमा

काठमाडौं : देशभर कोरोना संक्रमण बढ्दै गएकाले सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउन गृह मन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई पुनः निर्देशन दिएको छ।

त्यस्तै, मास्क नलगाई हिँड्नेलाई पनि कारबाही गर्ने निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार अहिलेसम्म देशभर मास्क प्रयोग नगरी हिँड्ने करिब ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको जानकारी दिएको छ।

हालसम्म अनुमतिविना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिब ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको जानकारी दिएको छ। त्यसैगरी तोकिएको निर्देशन विपरीत हालसम्म सवारी चलाउने करिब १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको छ भने हालको जोर विजोर प्रणाली पश्‍चात सो प्रणाली विपरीत सवारी चलाउने करिब ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell