मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्याले ब्राजिलमा १ लाखको सीमा पार गरेको छ। कोभिड १९ को संक्रमणका कारण सबैभन्दा खराब मुलुकको सूचीमा रहेको ब्राजिलमा आज बिहान ७:१९ बजेसम्म १ लाख १ हजार ४९ जना संक्रमितको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ।
सबैभन्दा धेरै संक्रमित हुने मुलुकको दोस्रो स्थानमा रहेको ब्राजिलमा मृत्यु संख्याको आधारमा पनि दोस्रो नै स्थानमा छ। ब्राजिलमा अहिलेसम्म ३० लाख ३५ हजार ४ सय २२ जना संक्रमित पहिचान भइसकेका छन्। सबैभन्दा धेरै संक्रमित हुने मुलुकको सूचीमा अमेरिका पहिलो स्थानमा छ जहाँ ५० लाख ४४ हजार भन्दा धेरै मानिस संक्रमित छन्। अमेरिकामा अहिलेसम्म १ लाख ६२ हजार ९ सय १९ जना संक्रमितको मृत्यु भइसकेको छ।
