PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

सात जिल्लाका सीडीओ फेरिए, को पुगे कहाँ?



पहिलोपोस्ट

सात जिल्लाका सीडीओ फेरिए, को पुगे कहाँ?

काठमाडौं : सात जिल्ला प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन्।

गृह मन्त्रालयले रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ, प्युठान, मनाङ र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको हो। रौतहटमा उमेश बस्नेतलाई पठाइएको छ। उनी यसअघि गृहमन्त्रालयमा नै कार्यरत थिए। सन्तबहादुर सुनुवारलाई दैलेख, उमाकान्त अधिकारीलाई म्याग्दी पठाइएको छ। अधिकारी यसअघि गृह मन्त्रालयका सहप्रवक्ता समेत थिए।

हिरादेवी पौडेल मुस्ताङ, खिमराज भुषाल प्युठान, धुब्र गिरी मुस्ताङ र झापाका प्रमुख जिल्ला अधिकारी राजकुमार राईलाई रुकुम पूर्व सरुवा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell