PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

नेशनल मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन वार्ड बनाउन माग



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन वार्ड बनाउन माग

वीरगंज : प्रदेश नम्बर २ मा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको टोलीले हिजो साँझ सिंहदरबारमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको हो।

छलफलका क्रममा तत्काल वीरगंजमा नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५ सय वेडको आइसोलेसन वार्डसहित कोभिड अस्पताल घोषणाका लागि पहल गर्न आग्रह गरेका थिए। तत्काल व्यवस्थापन गर्नेगरी संघीय सरकारबाट निर्णय गरिने मन्त्री पोखरेलले प्रतिवद्धता व्यक्त गरेका थिए।

त्यसैगरी, प्रदेश नम्बर २ अहिलेको अवस्थामा अति प्रभावित भएकाले तत्काल विशेष प्याकेज ल्याउनुपर्ने तथा विशेष ध्यान दिन टोलीलाई आश्वासन दिइएको छ। त्यसैगरी, नारायणी अस्पताललाई जनरल अस्पतालको रुपमा राख्ने तथा विरामी भर्ना नगर्ने तथा उपचार नगर्ने निजी अस्पताललाई कारवाही गर्ने विषयमा समेत छलफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell