PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप तीन प्रहरीमा कोरोना संक्रमण



पहिलोपोस्ट

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थप तीन प्रहरीमा कोरोना संक्रमण

काठमाडौं: महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् थप तीन प्रहरीमा कोभिड १९ को संक्रमण देखिएको छ। कार्यलयको कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना देखिएको हो।

प्रहरी स्रोतका अनुसार आइतवार कार्यालयमा नै कार्यरत प्रहरीका कपाल काट्ने नाई हुन्। उनीमा संक्रमण देखिए लगत्तै उनको सम्पर्कमा आएकाहरूको 'कन्ट्याक्ट ट्रेसिङ' भइरहेको छ। यही क्रममा थप तीन जनामा कोरोना पुष्टी भएको हो।

यसअघि कोरोना देखिएका प्रहरी संक्रमितका दाइमा कोरोना भाइरसको संक्रमण देखिए पछि उनको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको हो।

संक्रमितका दाइ पनि प्रहरी नै हुन्। उनी अख्तिर दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत् थिए। अहिले कार्यालयमा उनीहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्ने तयारी भइरहेको छ। केही प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।

त्यस्तै प्रहरी प्रधान कार्यालय नक्साल, महानगरीय ट्राफिक प्रहरी महाशाखा लगायत विभिन्न जिल्लामा कार्यरत ३ सय भन्दाबढी प्रहरीलाई कोरोना देखिसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell