PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिकोका दुई जना खेलाडीमा कोरोना संक्रमण



पहिलोपोस्ट

च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिकोका दुई जना खेलाडीमा कोरोना संक्रमण

च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा पोर्चुगलको लिस्बन जानु अघि गरेको परीक्षणमा स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई जना खेलाडीमा कोरोना संक्रमण पुस्टी भएको छ। बिहीवार जर्मन क्लब लाइपजिगसँग खेल्ने तयारीमा रहेको मड्रिडको कुनकुन खेलाडीलाई कोरोना संक्रमण भएको भन्ने भन्ने खुलाइएको छैन।

मड्रिडले ती खेलाडीहरुलाई आइसोलेसनमा पठाएको जनाएको छ।

'पोर्चुगलको राजधानीमा बसाइ र अभ्यास तालिकाको संरचनालाई परिवर्तन गर्न यसले प्रेरित गरेको छ,' एट्लेटिकोले विज्ञप्तिमा भनेको छ, 'क्लवले युइइएसँग नयाँ योजना र तालिकाका लागि समन्वय गर्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell