PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

'हरिश भुवन चन्द' र 'चेतनारायण बसुन्धरा भुसाल' पुरस्कार क्रमश: शकुन्तला शर्मा र भैरवबहादुर थापालाई



पहिलोपोस्ट

'हरिश भुवन चन्द' र 'चेतनारायण बसुन्धरा भुसाल' पुरस्कार क्रमश: शकुन्तला शर्मा र भैरवबहादुर थापालाई

काठमाडौं : भुवन चैत्य बसुन्धरा फाउण्डेसनले यस वर्षको 'हरिश भुवन चन्द पुरस्कार' र 'चेतनारायण बसुन्धरा भुसाल पुरस्कार' हस्तान्तरण गरेको छ। श्रावण २५ गते दुई फरक कार्यक्रम आयोजना गरी पुरस्कार प्रदान गरिएको हो।

५ दशकदेखि नेपाली फिल्म र रंगमञ्चमा सक्रिय अभिनेत्री शकुन्तला शर्मालाई यस वर्षको चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक यता नेपाली रंगमञ्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत भैरव बहादुर थापालाई हरिश भुवन चन्द पुरस्कार दिइएको हो।

दुवैजना सम्मान पत्रसहित जनही ५१ हजारबाट पुरस्कृत भएका हुन्।

फैँलदो कोभिड-१९ संक्रमणका कारण यस वर्ष पुरस्कार हस्तान्तरण समारोह नभएको आयोजकले बताए। फाउण्डेसनका पदाधिकारी र केही संचारकर्मीको उपस्थीतिबिच कार्यक्रम भएको हो।

नृत्य निर्देशक भैरव बहादुर थापालाई सम्मान गर्ने कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष रमेश डंगोल, निर्देशक सम्झना उप्रेती रौनियारको उपस्थिती रहेको थियो। त्यस्तै अभिनेत्री शकुन्तला शर्मालाई पुरस्कृत गर्ने कार्यक्रममा फिल्मकर्मी हरिहर शर्माको उपस्थिती रहेको थियो।

फाउण्डेसन स्थापना वर्षको पुरस्कार गत वर्ष चलचित्र विकास बोर्ड अन्तर्गतको चलचित्रकर्मी कल्याण कोषलाई एक लाख ५३ हजार रूपैयाँ दिइएको सचिव मोहन निरौलाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell