PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सुन तस्करीको नयाँ तरिका : सुटकेसमा तार, तारभित्र सुन



पहिलोपोस्ट

सुन तस्करीको नयाँ तरिका : सुटकेसमा तार, तारभित्र सुन

काठमाडौं : विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाइ उडानहरु बन्द गरिएको छ। अहिले विभिन्न रेस्क्यु फ्लाइट मात्र भइरहेका छन्। तर विभिन्न तस्करी समूहले यस्ता रेस्क्यु फ्लाइटमा पनि तस्करी गरिरहेको खुलेको छ।

आइतवार नयाँ तरिका अपनाएर सुन तस्करी गर्नेलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ। तस्कर समूहले सुटकेसमा तार प्रयोग गरेर डेढ किलो भन्दा बढी सुन ल्याएका खुलेको हो।

दुबई फ्लाइटबाट काठमाडौं आएका धनबहादुर विकको सुटकेस शंका लागेर चेक गर्दा सुटकेसमा तार बनाएर लुकाइराखेको ५ सय ७२ दशमलव ९९ ग्राम सुन फेला परेको थियो।

त्यस्तै सीता स्याङ्ताङ्को ब्यागमा पनि १ हजार १ सय ८४ ग्राम सुन फेला परेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell