PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

एभरेस्ट बैंकको मुख्य कार्यालयका दुई कर्मचारीलाई कोरोना संक्रमण : दुई दिनका लागि कार्यालय 'सिल'



पहिलोपोस्ट

एभरेस्ट बैंकको मुख्य कार्यालयका दुई कर्मचारीलाई कोरोना संक्रमण : दुई दिनका लागि कार्यालय 'सिल'

काठमाडौं : एभरेस्ट बैंकको मुख्य कार्यालय लाजिम्पाटमा कार्यरत दुई कर्मचारीलाई कोभिड-१९ संक्रमण देखिएपछि उक्त कार्यालयको कामकाज दुई दिनलाई बन्द गरिएको छ।

संक्रमण नदेखिएका कर्मचारीहरुलाई 'होम आइसोलेसन' मा राखिएको छ। गत शुक्रवार कर्मचारीहरुको पीसीआर परीक्षण गर्दा दुई जनामा कोभिड १९ संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएपछि बैंकका कर्मचारीमा त्रासको अवस्था रहेको त्यहाँ कार्यरत एक जनाले बताए। उनका अनुसार कर्मचारीलाई दुई दिनका लागि होम आइसोलेसनमा बस्न भनिएको छ। दुई दिनपछि सञ्चालक समितिको बैठक भएकाले तीन दिनपछि कार्यालय खोल्ने सर्कुलर गरिएको छ।

'बैंकमा ग्राहकसँग एक्सपोज हुनु एउटा कुरा भयो। अर्को साथीभाइ नै पनि सँगै क्यान्टिनमा बसेर खाजा खानुपर्ने बाध्यता हुन्छ,' ती कर्मचारीले भने, 'त्यसैले काम गर्न अत्यन्तै समस्या भएको छ।'

बैंकको कपिलवस्तु र वीरगञ्जस्थित शाखाका कर्मचारीहरुलाई पनि संक्रमण देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell