PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोभिड-१९ संक्रमण, अदालत ३ दिनका लागि बन्द



अनन्तराज न्यौपाने

मोरङ जिल्ला अदालतका एक न्यायाधीशमा कोभिड-१९ संक्रमण, अदालत ३ दिनका लागि बन्द

विराटनगर : मोरङ जिल्ला अदालतमा कार्यरत एक न्यायाधीशलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि अदालत ३ दिनका लागि बन्द गरिएको छ।

अदालतका सूचना अधिकारी युवराज पौडेलका अनुसार विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गराएको परीक्षणमा न्यायाधीशको कोभिड-१९ पोजिटिभ देखिएको हो। ल्याबले आइतवार साँझ न्यायाधीशमा कोभिड-१९ सङ्क्रमण भएको रिपोर्ट दिएको थियो।

न्यायाधीशसहित अदालतका ४ कर्मचारीको पीसीआर परीक्षण गरिएको र एक न्यायाधीशको मात्र पोजिटिभ रिपोर्ट आएको प्रवक्ता पौडेलले बताए।

पौडेलले अदालत ३ दिन पूर्णतः बन्द गरेर निर्मलीकरण गरिने जानकारी दिए। अन्य कर्मचारीहरूको कन्ट्रयाक्ट ट्रेसिङका लागि विराटनगर महानगरपालिकालाई अनुरोध गरिने उल्लेख गरे।

तीन दिन अदालत बन्द भएसँगै मुद्दाका सुनुवाइ पनि रोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell