PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मोरङका १६ जनासहित प्रदेश १ थप ४२ जनामा कोभिड-१९ पुष्टि, ९९ जना डिस्चार्ज



फूलमाया पुरी

मोरङका १६ जनासहित प्रदेश १ थप ४२ जनामा कोभिड-१९ पुष्टि, ९९ जना डिस्चार्ज

विराटनगर : प्रदेश १ मा आज ४२ जना कोभिड-१९ संक्रमित थपिएका छन्। थपिएकामध्ये मोरङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्याकंअनुसार मोरङको विराटनगरका ८ पुरुष १ महिला, सुन्दरहरैचाका ३ पुरुष, धनपालथानका २ पुरुष, १ महिलामा संक्रमण देखिएको छ।

त्यस्तै पथरीशनिश्चरेका १ पुरुष, सुनसरीको धरानका ७ पुरुष, २ महिला, रामधुनीका ४ र इटहरीका १ पुरुषमा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी झापाको गौरादहका ५ पुरुष, भद्रपुरका २ पुरुष १ महिला, कमल गाउँपालिकाका १ पुरुष, धनकुटाको धनकुटा नगरपालिका र खोटाङको दिप्रुङ चुईचुम्माका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। प्रदेश १ का बाहिरका सिरहाका १ पुरुषको रिपोर्ट पनि पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 
प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार ४ सय ६५ पुगेको छ।

प्रदेश १ बाट आज ९९ जना डिस्चार्ज भएका छन्।
 
पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ६८ जना, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २९ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ जना डिस्चार्ज भएका हुन्।
 
डिस्चार्ज हुनेहरुमा मोरङका ५६, इलामका २२, झापाका १२, सुनसरीका ५, सोलुखुम्बु र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयको तथ्याकंमा उल्लेख छ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको छ।
 
प्रदेश १ मा आज १ हजार ६ सय १ जनाको पीसीआर परीक्षण गरिएको छ। पीसीआर गरिएकामध्ये ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell