PahiloPost

Oct 11, 2025 | २५ असोज २०८२

कर्णालीमा कोभिड-१९ संक्रमित नाघ्यो दुई हजार



पी बी खड्का

कर्णालीमा कोभिड-१९ संक्रमित नाघ्यो दुई हजार

सुर्खेत : कर्णाली प्रदेशमा कोभिड-१९ संक्रमण पुष्टि भएको संख्या दुई हजार नाघेको छ। सोमवार थप २४ जनामा संक्रमण पुष्टि भएसँगै कर्णालीमा संक्रमितको संख्या दुई हजार तीन पुगेको हो।

नयाँ संक्रमितमध्ये प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका ६ जना रहेका छन् भने, सुर्खेतको वीरेन्द्रनगरका एक जनामा गरी सात जनामा संक्रमण देखिएको छ।
 
त्यस्तै, दैलेख अस्पतालमा गरिएको परीक्षणमा थप १७ जनामा संक्रमण पुष्टि भएको छ। भैरवी गाउँपालिकाका तीन जना छन् भने, नारायण नगरपालिकाका १४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ।
 
यो संगै कर्णालीमा परीक्षण गरिएको संक्रमितको संख्या दुई हजार तीन पुगेको छ भने, संक्रमित निको भएर डिस्चार्ज हुनेको संख्या एक हजार आठ सय ८० पुगेको छ।

हाल कर्णालीमा आइसोलेसनमा रहेका र रहने क्रममा रहेका संक्रमित विरामीको संख्या एक सय १७ जना रहेका छन्।

हालसम्म कर्णालीमा कोभिड-१९ संक्रमण पुष्टि भएका ६ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell