PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता, धनगढी जलमग्न

कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता, धनगढी जलमग्न

एम बम/पहिलोपोस्ट


कैलाली : कैलालीमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ पिपलखेतका ५४ वर्षीय दानबहादुर विष्ट बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

आइतवार सोही ठाउँको सल्लेरीमा भएको नेपाली कांग्रेसको कार्यक्रमबाट फर्किएका उनी गेदान खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। उनको खोजीकार्यका लागि प्रहरीको टोली खटिएको छ।
 
गएरातिदेखिको लगातारको वर्षाले धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन्। सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढीका एलएनचोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहरीलगायतका क्षेत्र जलमग्न भएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell