PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

कोरोना संक्रमणको जोखिम न्यूनिकणका लागि विराटनगर महानगरपालिकाद्वारा खोप सेवा स्थगित



पहिलोपोस्ट

कोरोना संक्रमणको जोखिम न्यूनिकणका लागि विराटनगर महानगरपालिकाद्वारा खोप सेवा स्थगित

विराटनगर: विराटनगर महानगरपालिकाले खोप सेवा स्थगित गरेको छ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएका कारण खोप सेवा स्थगन गरिएको महानगरपालिकाले जनाएको छ।

सोमवार एक सूचना जारी गर्दै भदौ १५ सम्मका लागि सम्पूर्ण खोप सेवा स्थगन गरेको हो।

सूचनामा भनिएको छ, ‘समुदाय स्तरमा कोरोना फैलिएको अवस्थामा खोप सेवाग्राहीहरुको अत्याधिक भिड हुने भएकाले जोखिम न्यूनिकरणका लागि महानगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने खोप भाद्र १५ गतेसम्म स्थगन गरिएको छ।’

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोख्रेलका अनुसार सातामा बुधवार, बिहीवार र शुक्रवार नियमित खोप सेवा प्रदान गरिन्छन्।

‘खोपको हाम्रो नियमित तालिका थियो, बुधवार बिहीवार शुक्रवार,’ उनले भने, ‘सेवामा समुदायको ठूलो संख्या आउने र यसको असर तत्काल नहुने थाहा पाएपछि हामीले भदौ १५ गतेसम्मलाई रोकेका हौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell