PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

नारायणकाजीकाे निष्कर्ष, 'एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्तिले समस्या जटिल बनायाे'



पहिलोपोस्ट

नारायणकाजीकाे निष्कर्ष, 'एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्तिले समस्या जटिल बनायाे'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ठाउँ पिच्छे कुरा फेर्दा समस्या जटिल बन्दै गएको ठहर गरेका छन्।

श्रेष्ठले आइतवार फेसबुकमार्फत् समस्या समाधानका लागि पार्टी र जनतालाई केन्द्रबिन्दुमा राखी खुल्ला बहस गर्नुपर्ने औंल्याएका हुन्।

'हाम्रो पार्टीभित्रको अहिलेको एउटा समस्या सिधा र खुला छलफल गर्नुको सट्टा भित्र एउटा कुरा, बाहिर अर्को कुरा र एक ठाउँमा एउटा कुरा, अर्को ठाउँमा अर्को कुरा गर्ने प्रवृत्ति पनि हो,' उनी भन्छ्न्, 'त्यसले समस्या समाधान गर्न सहयोग गर्दैन ,बरु जटिल बनाउँछ। त्यसैले पार्टी, वर्ग, आन्दोलन, देश र जनतालाई केन्द्रबिन्दुमा राखी सिधा,खुला र स्पष्ट रुपमा छलफल गरौं र सकारात्मक निकास निकालौं। पार्टी एकताको रक्षा गरौं, समाजवादउन्मुख सामाजिक-आर्थिक रुपान्तरण गर्दै समाजवादको बाटोमा अघि बढौं।'

प्रवक्ता श्रेष्ठले अन्तर संघर्षलाई स्वस्थ र रुपान्तरणमुखी ढंगले सञ्चालन गर्नाले विचारको परिमार्जन हुने उल्लेख गरेका छन्। 

'अन्तर संघर्षलाई सार्थक निष्कर्षमा पुर्‍याउन बैचारिक, सैद्धान्तिक, राजनीतिक, प्रवृत्तिगत र मुद्दागतरुपमा सिधा, खुला र स्पष्ट छलफल गर्ने कार्यशैली अख्तियार गर्नुपर्छ,' उनले भनेका छन्। 

‪कम्युनिष्ट पार्टीको उदेश्य समाजमा आज सम्मको सर्वोत्तम लोकतन्त्रको अभ्यास गर्नु,गराउनु हो ।त्यसका लागि पार्टी भित्र...

Posted by Narayan Kaji Shrestha on Monday, August 10, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell