PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

प्रधानन्यायाधीशसँग बारको अनौठो माग, आफ्नै पदाधिकारीको सम्पत्ति छानबिन गर्न ध्यानाकर्षण



पहिलोपोस्ट

प्रधानन्यायाधीशसँग बारको अनौठो माग, आफ्नै पदाधिकारीको सम्पत्ति छानबिन गर्न ध्यानाकर्षण

काठमाडौँः नेपाल बार एशोसिएशनले न्यायाधीश र आफ्नै पदाधिकारीको सम्पत्ति छानबिनको माग गरेको छ। न्यायालय सुधारका लागि भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई १७ बुँदे ध्यानाकर्षण पेस गरेको बारले आफ्नै पदाधिकारीको सम्पत्ति छानबिनका लागि पनि प्रधानन्यायाधीशसँग माग गरेको हो।

न्यायाधीश र बार पदाधिकारीको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्न बारले माग गरेको हो। ध्यानाकर्षण पत्रको बुँदा नम्बर १४ मा भनिएको छ, ‘न्यायाधीश र नेपाल बार एशोसिएकनको पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानबिन गरी सार्वजनिक गर्ने व्यवस्था मिलाइयोस्।’

बारले न्यायाधीश नियुक्तिको राजनीतिकरण अस्वीकार गर्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको छ। यस्तै, अदालतमा गैरसरकारी संस्थाको प्रवेश रोक्न पनि माग गरिएको छ।

हर्नुस्, पूर्ण ध्यानाकर्षण

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell