PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

चीनद्वारा ११ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाउने निर्णय



पहिलोपोस्ट

चीनद्वारा ११ अमेरिकी अधिकारीमाथि प्रतिबन्ध लगाउने निर्णय
Photo: CGTN

अमेरिकाले हङकङ विशेष प्रशासनिक क्षेत्रका अधिकारीहरुमाथि प्रतिबन्ध लगाएपछि चीनले पनि ११ अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको छ।  प्रतिबन्ध लगाइएकाहरुमा अमेरिकी सांसद मार्को रुबियो, टेड क्रुजलगायत ११ अधिकारीहरु रहेको बताइएको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता झाओ लिजियानले अमेरिकी अधिकारीहरुमाथि प्रतिबन्ध लगाएको बताएका हुन्।

‘हामी अमेरिकालाई परिस्थिति बुझ्न र चीनको अन्तरिक मामिलामा दखल नपुर्‍याउन चेतावनी दिन्छौं,’ झाओले भने।

हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारले पनि अमेरिकी अधिकारीहरुमाथि लगाइएको प्रतिबन्धलाई समर्थन गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell