PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लकडाउन अन्त्यको तीन सातामै पुनः सार्वजनिक सवारी सञ्चालनमा रोक, यस्ता छन् मन्त्रिपरिषद्को निर्णय



पहिलोपोस्ट

लकडाउन अन्त्यको तीन सातामै पुनः सार्वजनिक सवारी सञ्चालनमा रोक, यस्ता छन् मन्त्रिपरिषद्को निर्णय

काठमाडौँः सरकारले उपत्यकामा कोरोना जोखिम बढेसँगै सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना जोखिम बढेपछि लकडाउन औपचारिक रुपमा अन्त्य भएको तीन सातामै पुनः उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको एक मन्त्रीले बताए।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले यातायात सञ्चालन रोक्ने निर्णय गरेको हो। साथै लामो दूरीका सवारी साधन सञ्चालन र हवाइ उडान पनि भदौ १५ गतेसम्म नै बन्द हुनेछन्। अन्तर्राष्ट्रिय सीमा नाकाको बन्दलाई पनि कडाइ गर्ने निर्णय बैठकले गरेको छ। 

साउन ६ गते लकडाउन अन्त्यको घोषणसँगै सरकारले लामो दूरीका सार्वजनिक यातायात भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। यस्तै हवाइ उडान पनि भदौ १ गतेबाट नै सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको थियो। 

यस्तै, बैठकले शिक्षण संस्थाको पठनपाठन अर्को निर्णय नभएसम्मका लागि बन्द नै गर्ने निर्णय गरेको छ। यसअघिको निर्णय अनुसार बन्द रहेका सेवाहरु बन्द नै रहने निर्णय पनि बैठकले गरेको छ। 

बैठकले नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गरेको छ। 

उपत्यकाका तीनै जिल्लाका मेयरले आइतबार उपप्रधान एवं रक्षामन्त्रीलाई सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउन सुझाव दिएका थिए। 

यस्तै, आइतबार नै उपप्रधानमन्त्री पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसी बैठकले सार्वजनिक यायाता सञ्चालनमा रोक लगाउन, हवाइ उडान तत्काल सुरुवात नगर्न लगायतका सुझाव सिफारिस गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell