PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित



रासस

एन्फाको साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं : कोरोेना भाइरसको महामारी बढ्दै गएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी भदौ १५ गते गर्ने तय भएको १९औँ साधारणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ।

एन्फा प्रवक्ता किरण राईले सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै साधारणसभा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको बताएका हुन्। कोरोना भाइरसका कारण एन्फाको साधारणसभा दोस्रो पटक स्थगित गरिएको हो।

यसअघि एन्फाले गत चैतमा साधारणसभा स्थगित गरेको थियो। सरकारले कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गोष्ठी, भेला र सम्मेलन गर्न निषेध गरेकाले साधारणसभा स्थगित गर्नुपरेको प्रवक्ता राईले बताए। संक्रमणको दर बढ्न थालेको र जोखिमलाई ध्यानमा राख्दै साधारणसभा स्थगित गरिएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell