PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महिला कलाकार निरन्तर साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा डर लागेको छ: प्रियंका कार्की



पहिलोपोस्ट

महिला कलाकार निरन्तर साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा डर लागेको छ: प्रियंका कार्की

नायिका प्रियंका कार्कीले महिला कलाकारहरु निरन्तर साँघुरो मानसिकताको शिकार बन्दै गइरहेको बताएकी छन्।

आफूलाई जोडेर एक सञ्चार माध्यमले बिहेपछि संस्कारी बनेको भनेर उल्लेख गरेपछि उनले मिडिया, कलाकार र जनताको यस्ता साँघुरो मानसिकताको शिकार बन्दै गएको देख्दा चिन्ता लागेको उल्लेख गरेकी छन्।

शुक्रवार साप्ताहिकले 'संस्कारी प्रिंयका' शीर्षकमा छोराछोरी बिग्रिए बिहे गरिदिनुपर्छ भन्ने उखान मेल खाएको उल्लेख गरेको थियो। बिहेअघि कहिले अर्धनग्न त कहिले हुनेवाला श्रीमानसँगको अन्तरंग तस्विरले गरम गराउने प्रियंकामा बिहेपछि व्यापक परिवर्तन आएको उल्लेख उक्त साप्ताहिकमा लेखिएको थियो।

यो समाचारमा असन्तुष्टि जनाउँदै प्रियंकाले साँघुरो सोच भएका मान्छेभन्दा पनि ति मान्छेहरु पुरै समाजलाई प्रभाव पार्नसक्ने ठाउँमा रहँदा आफूलाई डर लागेको उल्लेख गरेकी हुन्।

'कहिले आफ्नो द्वेष पुरा गर्न त कहिले इर्श्या, केही पत्रकारदेखि कलाकार स्वयम् र आम जनता समेतको निरन्तर निशानामा हामी बाँचिरहेका छौँ। कहिले 'बिक्ने समाचार' बनेर त कहिले 'हिजो आएकाले हेप्ने' भन्दै, हामी समाजलाई 'महिला कलाकारहरु' तर्फ झनै नकारात्मक बनाउँदैछौँ। के हामीमा अब सामाजिक उत्तरदायित्व सकिएकै हो त?' प्रियंकाले प्रश्न गरेकी छन्।

उनले बिहे गर्दैमा, शरीर ढाक्दैमा छोरी संस्कारी नहुने पनि उल्लेख गरेकी छन्। 'सपना नदेखाउनुस। 'करियर' र 'एम्बिसन' जस्ता कुरामा नअल्झाउनुस। चुलो धाने र पहिरन जाने पो छोरीको घर र बिहे टिक्छ। बिहे नटिके 'समाजले कुसंस्कारी भन्छ फेरि,' उनले असन्तुष्टि जनाएकी छन्।

प्रियंकालाई लिएर मिडियामा आएको समाचारमा रेखा थापा, ऋचा शर्मालगायतले पनि असन्तुष्टि जनाएका छन्। 

 

के तपाईँका छोरी-चेली संस्कारी छन्? छैनन्? बिहे गरिदिनुस.... शरीर ढाकिदिनुस.... चुलो चौको गरे र शरीर ढाकिदिए बल्ल छोरीहरु...

Posted by Priyanka Karki on Monday, August 10, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell