PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

राखेपको बक्सिङ संघलाई पत्र : सात दिन भित्र सत्यतथ्य विवरण खुलाइ पठाउनू



पहिलोपोस्ट

राखेपको बक्सिङ संघलाई पत्र : सात दिन भित्र सत्यतथ्य विवरण खुलाइ पठाउनू

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल बक्सिङ संघलाई आर्थिक अनियमितताको सन्दर्भमा सत्यतथ्य विवरण खुलाएर पठाउन भन्दै पत्र काटेको छ। राखेप अन्तर्गतको संघ संस्था समन्वय साखाले आर्थिक अनियमितताबारे खुलाउँदै हप्ता दिन भित्र पत्र पठाउन निर्देशन दिएको हो।

पछिल्लो समय बक्सिङ संघका अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यबीचको असमझदारी सतहमा आइसकेको छ। यसैबीच, महासचिव भट्टाचार्य र कोषाध्यक्ष गौतम सुखजुले दिएको उजुरीका आधारमा राखेपले त्यसतर्फ चासो देखाएको हो।

‘त्यस संघका महासचिव सविन भट्टाचार्य र कोषाध्यक्ष गौतम सुजखुले असार १४ गते नेपाल बक्सिङ संघमा आर्थिक अनियमितका सम्बन्धमा आवश्यक छानबिन गरी दोषीउपर कारबाही गरिपाउँ भनि विभिन्न ५ बुँदा उल्लेख गरी परिषद समक्ष निवेदन आएकाले सो सम्बन्धमा के कसो भएको हो? सो सम्बन्धमा सत्यतथ्य विवरण खुलाई पठाउन अनुरोध छ,’ राखेपको पत्रमा भनिएको छ।

यसअघि महासचिव भट्टाचार्यले विज्ञप्ति जारी गर्दै साउन १५ गतेको कार्यसमिति बैठकमा अध्यक्षकै उपस्थितिमा आफूमाथि दुर्व्यवहार भएको आरोप लगाएका थिए। यता अध्यक्ष अवालेले पनि विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेका थिए। दुवै पक्षले एक अर्कालाई विधान मिचेको र अनियमितता गरेको आरोप लगाउँदै आएका छन्।

सम्बन्धित समाचार: नेपाल बक्सिङ संघका अध्यक्ष र महासचिवबीच जुहारी, साउन १५ गते के भएको थियो?

सम्बन्धित समाचार:  नेपाल बक्सिङ संघको विवाद सतहमा, अध्यक्ष र महासचिवबीच दुरी थप बढ्दै



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell