बाँके : मेडिकल कलेज कोहलपुरमा सोमवार एक पुरुषको कोभिड-१९ का कारण मृत्यु भएको पुष्टि भएको छ। अछाम चौरपाटी निवासी ५० वर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले जानकारी दिए।
जिल्लामा हालसम्म बाँके निवासी तीन र अन्य जिल्लावासी दुई जनाको कोरोना भाइरसका कारण मृत्यु भएको जनाइएको छ।