PahiloPost

May 15, 2025 | २ जेठ २०८२

नेशनल मेडिकल कलेजका २ डाक्टरसहित वीरगंजमा ७० जना नयाँ संक्रमित थपिए



राधेश्याम पटेल

नेशनल मेडिकल कलेजका २ डाक्टरसहित वीरगंजमा ७० जना नयाँ संक्रमित थपिए

वीरगंज : वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सोमवार अबेर राति आएको रिपोर्टअनुसार पर्साका ६५ र बाराका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेहरुमा ३ वर्षीया बालिकादेखि ८६ वर्षीया बृद्धासम्म रहेको नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए। उनका अनुसार र संक्रमित मध्ये २२ जना महिला र ४८ जना पुरुष रहेका छन्।

संक्रमित हुनेमा वडा प्रहरी कार्यालय बिर्ताका ८ जनामध्ये चार जना प्रहरी, चार जना थुनुवा रहेका छन्। नारायणी अस्पतालको क्वाटरमा रहेका ५ वर्षीया बालिका सहित ३ जना, वीरगंज माईस्थानका ३ जना, वीरगंज बिर्ताका ८६ वर्षीया बृद्धासहित ९ जना र छपकैयाका ५ जना रहेको छन्। नेशनल मेडिकल कलेजका ३० र ३१ वर्षीय गरी दुई जना डाक्टर र एक जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्। तीनै जना नेशनल मेडिकल कलेजका एक जना चिकित्सकको कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्।

त्यसैगरी, संक्रमित हुनेहरुमा वीरगंजको आदर्शनगर, रामटोल, मुर्ली, रेशमकोठी, भिषुवा, लिंकरोड घण्टाघर, लगायतका क्षेत्रका बासिन्दा रहेका छन्। संक्रमित अन्यमा पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ३ का १ जना रहेका छन्। संक्रमित हुनेमा बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीका १ जना, पथलैया र कुटुवा बाराका थप १/१ जना छन्। बारा सिमरा क्वारेन्टाइनका एक जना ४५ वर्षीय पुरुष र निजगढ सशस्त्र प्रहरीका एक जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell