PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा कोपनहेगनलाई हराउँदै म्यानचेस्टर युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ। ब्रुनो फर्नान्डेजले अतिरिक्त समयमा गरेको निर्णायक गोलमा युनाइटेडले सेमिफाइलको यात्रा तय गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युनाइटेडले दोस्रो हाफको अतिरिक्त समयमा निर्णायक गोल गरेको थियो। युनाइटेडले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै फर्नान्डेजले गोल गरेका थिए।

यस्तै गएराति नै भएको अर्कोखेलमा बायर लेभरकुसनलाई हराउँदै इन्टरमिलान सेमिफाइनलमा प्रवेश गरेको छ। निकोलो बरेल्ला र रोमेलु लुकाकुको गोलमा इन्टरले २-१ को जित निकालेको हो। उता लेभरकुसनका लागि काइ हार्भेट्जले सान्त्वना गोल फर्काएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell