PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

हत्या र टाउको छेदन, आइतवार एम्बुलेन्स चढेर फरार, सोमवार पक्राउपछि अपराध स्वीकार



सविन ढकाल

हत्या र टाउको छेदन, आइतवार एम्बुलेन्स चढेर फरार, सोमवार पक्राउपछि अपराध स्वीकार

काठमाडौं : दाङका कृष्णबहादुर बोहराको हत्या अभियोगमा प्रहरीले चितवनबाट पक्राउ गरेको महिलालाई काठमाडौं ल्याएको छ। प्रहरीको टोलीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना मुडभरी शाहीसहित उनका दुई नाबालक छोराछोरीलाई काठमाडौं ल्याएको हो। प्रहरी स्रोतका अनुसार शाहीले हत्या गरेको स्वीकार गरिसकेकी छिन्।

कसरी भयो हत्या?

गएको शनिवार कृष्णबहादुर अभियुक्त शाहीको गोंगबुमा रहेको डेरामा पुगेका थिए। कोठामा पुगेको केही समयमा उनीहरु बीच विवाद भएपछि हत्या भएको देखिएको छ। प्रहरीको अनुसन्धानले हत्या लेनदेन र यौनसँग जोडिएको देखाएको छ। महिलाले बोहोराको अण्डकोषमा प्रहार गरेको खुलेको हो।

'अण्डकोषमा हम्बरले हानेको देखिन्छ। तलको भागमा केही चोट छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

आइतवार काठमाडौंको गोंगबु गणेशस्थान नजिकैको नवज्योति मार्गमा कालो रङको सुटकेसभित्र टाउको र खुट्टा काटिएको शव फेला परेको थियो। त्यसको करिब ३ सय मिटरमा झोलाभित्र खुट्टा र टाउको फेला परेको थियो। एक दिनसम्म शवको पहिचान हुन सकेन। अन्तत: शव दाङका कृष्णबहादुर बोहोराको भएको खुलेपछि घटनाका अन्य प्लटहरु उजागर हुँदै गए। सोमबार प्रहरीले शव भेटिएको स्थानबाट करिव सय मिटरको दुरीमा रहेको घरमा खानतलासी गरेको थियो। जुन घरमा महिला डेरा गरि बस्थिन्। हत्या त्यही घरभित्र भएको प्रहरी निष्कर्षमा पुगेको छ।                                                      महिला डेरा गरि बस्ने घर

चितवन घर भएकी शाही काठमाडौंमा छोराछोरीसँगै बस्दै आएकी थिइन्। उनी कलाकार समेत भएको खुलेको छ।

'केही फाटफुट टेली सिरियलमा काम गरेको प्रारम्भीक रुपमा भनेकी छिन्,' अनुसन्धानमा खटिएका ती प्रहरी अधिकृतले भने। मृतक बोहरा केही समयदेखि मित्रनगरको एक होटेलमा बस्दै आएका थिए। शनिवार दुई दिनका लागि होटेलमा नआउने भन्दै निस्किएका थिए। प्रहरीले होटेलमा पुगेर अनुसन्धान गरिसकेको छ।

बोहराको हत्या गरेपछि कोठामा रहेको खुर्पाले उनको शरीर काटेको र सुटकेसमा हालेर फ्याँकेको बयान अभियुक्तले दिएकी छिन्। प्रहरीले घटनास्थलबाट काट्न प्रयोग भएको हतियार, रगत लागेको सल लगायत अन्य सामान बरामद गरेको छ।                                                               महिलाको डेराबाट बरामद सामान

'घटना सबै खुलिसकेको छ। अव 'र्‍याप' गर्नमात्र बाँकी छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

हत्या गरेपछि उनी चितवन गएको देखिएको छ। एम्बुलेन्स प्रयोग गरेर चितवन पुगेकी थिइन् उनी। आफन्त एम्बुलेन्स चालक भएकाले उनैलाई बोलाएर एम्बुलेन्समा गएको प्रहरी स्रोतले जानकारी दियो। अहिलेसम्म घटनामा अन्य मानिसको संलग्नता नभएको महिलाले दावी गरिरहेकी छिन्। प्रहरीले भने अन्यको संलग्नता छ कि भनेर अनुसन्धान जारी राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell