PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

तीन नाबालकसहित घरमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु



एम बम

तीन नाबालकसहित घरमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

कैलाली : अबिरल पानीले डोटीमा घर भत्किँदा पुरिएर ४ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। सोमवार राति करिब १ बजेतिर घर भत्केको हो। आदर्श गाउँपालिका वडा नं. १ बाँझककानी, खलगडाका अन्दाजी ३५ वर्षे लोगे लुहारको घरमा परी उनकी ३५ वर्षीया श्रीमती विष्णा, ११ वर्षको छोरा पारस, ७ वर्षको छोरी शिरु र ४ वर्षकी छोरी जेनिशाको घटनास्थलमै मृत्यु भएको डोटी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार घटनामा परी लोगे लुहारसँगै उनकी आमा ५२ वर्षकी पाना लुहार, आदर्श गाउँपालिका वडा नं. ४ घर भई पाहुनाको रुपमा आएकी लोगे लुहारकी सासुआमा झाङरी बिक र १३ वर्षका उनका साला इन्द्र बिक घाइते भएका छन्। 

घाइतेको उपचार जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell