PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एक अर्का कोरोना संक्रमितको पनि मृत्यु



पहिलोपोस्ट

एक अर्का कोरोना संक्रमितको पनि मृत्यु

जनकपुरधाम : जनकपुरको कोभिड अस्पतालको आइसोलेसन वार्डमा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ। ६० वर्षीय पुरुषको मृत्यु भएको हो।

कोरोना भाइरसको परीक्षणमा पोजेटिभ देखिएपछि गत साउन ८ गतेदेखि ओइसोलेसनमा उनको उपचार सुरु भएको थियो।

मृत्यु हुने व्यक्ति धनुषाको विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुष हुन्। उनको मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईले जानकारी दिए। उनका अनुसार ती संक्रमितलाई लामो समयदेखि ज्वरो आइरहेको थियो।

उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी रहेको प्रजिअ भट्टराईले बताए। उनका अनुसार शव व्यवस्थापनपछि कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइनेछ।

हिजोमात्रै नेपालमा ४ जना संक्रमितको मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell