PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सुशान्त प्रकरण: रियाद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता, स्वराको समर्थन



पहिलोपोस्ट

सुशान्त प्रकरण: रियाद्वारा सर्वोच्च अदालतमा निवेदन दर्ता, स्वराको समर्थन

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा अभियुक्त रिया चक्रवर्तीले सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी छन्। सुशान्तकी प्रेमिका समेत रहेकी रियाले आफ्नो बारेमा गलत तरिकाबाट भइरहेको मिडिया ट्रायल रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दिएकी हुन्।

निवेदनलगत्तै अभिनेत्री स्वरा भास्करले रियाको समर्थन गरेकी छन्। खतरनाक मिडिया ट्रायल रोक भन्‍दै उनले ट्वीट गरेकी छन्।

रियासँग अनौठो र खतरनाक मिडिया ट्रायल भइरहेको उनको भनाई छ। उनले यसलाई न्यायालयले गम्भीरतापूर्वक लिने आशा व्यक्त गरेकी छन्। स्वराको ट्वीटपछि फ्यानहरु उनीप्रति आक्रोशित बनेका छन्।

सुशान्त आत्महत्या प्रकरमा सिबीआई र इडीले छानविन गरिरहेको छ।

इडीले मुद्दाको वित्तीय पाटोको अनुसन्धान गरिरहेको छ। यसक्रममा सोमवार अभियुक्त रियाका पिता र भाइसँग ईडी अफिसमा सोधपुछ गरिएको छ।

शुक्रवार रियासँग करिब ९ घण्टा सोधपुछ गरिएको थियो। उनका भाइसँग करिब १८ घण्टा सोधपुछ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell