PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगंजमा विरामीको भर्ना नलिने र उपचार नगर्ने अस्पतालमाथि छानविन सुरु



पहिलोपोस्ट

वीरगंजमा विरामीको भर्ना नलिने र उपचार नगर्ने अस्पतालमाथि छानविन सुरु

वीरगंज: पछिल्लो समय वीरगंजमा विरामीले सहज रुपमा उपचार नपाएको विषयमा छानविन सुरु भएको छ। अस्पतालहरुको नियामक निकाय नेपाल मेडिकल काउन्सिलले आवश्यक छानविनको प्रकृया अगाडि बढाएको हो।

कान्सिलका श्रेस्तेदार डा. कृष्ण अधिकारीका अनुसार वीरगंजमा भएको ४ जनाको मृत्युको सम्बन्धमा लापरवाही गर्ने अस्पतालको बारेमा छानविन शुरु गरिएको बताए। उनका अनुसार वीरगंज–२ छपकैयाकी २० वर्षीया विष्णु लामा, वीरगंज ११ का चलितर महतो, वीरगंज १३ राधेमाईकी शारदा देवी, वीरगंज ३ छपकैयाका जोखु साह सोनारलगायतको उपचार नपाएर मृत्युका सम्बन्धमा काउन्सिलले छानविन प्रकृया अघि बढाएको हो।

‘पछिल्लो समय वीरगंजका सरकारी तथा निजी अस्पतालले विरामी भर्ना नगर्दा समयमै उपचार नपाएर दिनहुँ सर्वसधारण तथा शंकास्पद विरामीको ज्यान गइरहेको छ,’ काउन्सिलका श्रेस्तेदार डा. अधिकारीले भने, ‘त्यसकारण कसको दोष रहेको छ, पत्ता लगाई आवश्यक कारवाहीको लागि सिफारिस गर्न छानबिन शुरु गरिएको हो।’

उनले वीरगंजको नारायणी अस्पताल, एडभान्स हस्पिटल, नेशनल मेडिकल कलेज, नारायणी बयोधा, वीरगंज हेल्थ केयर अस्पताल र गण्डक अस्पताललाई सोमवार पत्रचार गरेर यथाशिघ्र जवाफ पठाउन स्पष्टिकरण सोधिएको छ।

चितबुझ्दो जवाफ नआए सम्बन्धित अस्पताल तथा सञ्चालकलाई आवश्यक कानुनी कारवाहीको लागि स्वास्थ्य मन्त्रालय समक्ष प्रतिवेदन बुझाइने छ। अधिकांश मृत्युवरण गरेका वीरगंजवासीहरु नेशनल मेडिकल कलेजले भर्ना नलिँदा र सो अस्पतालबाट सहज उपचार नपाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell