PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रदेश १ मा थप ९८ जनामा संक्रमण पुष्टि, विराटनगरका मात्रै ५० जना



फूलमाया पुरी

प्रदेश १ मा थप ९८ जनामा संक्रमण पुष्टि, विराटनगरका मात्रै ५० जना

विराटनगर : प्रदेश नं. १ आज ९८ जना कोभिड-१९ संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयको तथ्याकंमा यो अहिले सम्मकै उच्च संख्या रहेको हो।
 
आज मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५ जनामा संक्रमण देखिएको छ। त्यस्तै झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  

मन्त्रालयका अनुसार विराटनगरमा मात्र आज ५० जनामा संक्रमण पुष्टि भएको छ। विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
 
त्यसैगरी मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला र ५ पुरुषमा पनि संक्रमण देखिएको छ। भने धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्याकं छ।

सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको बेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुषमा पनि संक्रमण देखिएको मन्त्रालयको तथ्याकंमा उल्लेख गरिएको छ।

त्यसैगरी इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा कोभिड-१९ संक्रमितको संख्या १ हजार ५ सय ५३  पुगेको छ। त्यस्तै प्रदेश १ मा आज १ हजार ६ सय ८२ जना  पीसीआर परीक्षण गरिएको छ। 
पीसीआर परीक्षण गरिएका मध्ये  ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell