PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

गीतबाट सरकारको आलोचना भएपछि स्वास्थ्यमन्त्री असन्तुष्ट, भन्छन्, 'जवाफ दिन्छौं’



पहिलोपोस्ट

गीतबाट सरकारको आलोचना भएपछि स्वास्थ्यमन्त्री असन्तुष्ट, भन्छन्, 'जवाफ दिन्छौं’

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले गीतका माध्यमबाट कोभिड १९ रोकथाम, नियन्त्रणका कामलाई लिएर सरकारको आलोचना भएकोमा असन्तुष्टि जनाएका छन्।

गायक दुर्गेश थापा तथा अन्यले कोभिड महामारीमा भएको वेथिति, कमजोरी र अनियमिततालाई समेटेर बजारमा ल्याएको गीत चर्चित भइरहेका बेला स्वास्थ्य मन्त्री ढकालले सार्वजनिक समारोहबाटै असन्तुष्ट जनाएका हुन्।

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको र त्यसमा गीत पनि भएको बताए। गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको उनको भनाई थियो।

अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने उनले बताए। जस्तोसुकै गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने उनले प्रष्ट पारे।

मन्त्री ढकालले भने, ‘गीतहरु बदली बदली आउने छन्। पीपीई, पीसीआर परीक्षणको गीत आयो। अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन्। ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहीताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell