PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कर्णाली प्रदेशमा थप ८ जनामा कोभिड-१९ को संक्रमण ११ डिस्चार्ज



पहिलोपोस्ट

कर्णाली प्रदेशमा थप ८ जनामा कोभिड-१९ को संक्रमण ११ डिस्चार्ज

काठमाडौं : पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै प्रदेशमा संक्रमण पुष्टि हुनेको संख्या २ हजार ११ पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महासशाखाका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल सुर्खेतमा ६ जना तथा दैलेख अस्पताल र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा १/१ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि हुनेमा सुर्खेत, रुकुम पश्चिम, धनुषा र सर्लाहीका १/१ जना र दैलेख र सल्यानका २/२ जना रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित ११ जना निको भएर घर फर्किएका छन्। यससँगै डिस्चार्ज हुनेको संख्या एक हजार ८९१ पुगेको छ।

प्रदेशमा कुल संक्रमित मध्ये ११४ जना मात्र एक्टिभ केस रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कर्णाली प्रदेशमा संक्रमण पुष्टि भएका मध्ये ६२ जना अन्य प्रदेशका छन्। उनीहरु संक्रमण पुष्टि हुँदा प्रदेशमा नै कार्यरत रहेको उल्लेख छ।

संक्रमण पुष्टि भएका मध्ये महिला २५७ र पुरुष एक हजार ७५४ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै हालसम्म प्रदेशमा ६ जनाको मृत्यु भएको उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell