PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुशील भट्टको नियुक्तिको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश, ‘साउन ३२ सम्म कामकाज नगर्नू’



पहिलोपोस्ट

सुशील भट्टको नियुक्तिको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश, ‘साउन ३२ सम्म कामकाज नगर्नू’

काठमाडौं: उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्ति सम्बन्धी निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको छ।

सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेर साउन १९ गते राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो। भट्टको नियुक्तविरुद्ध परेको निवेदनमा सुनुवाई गर्दै अदालतले निर्णय कार्यान्वयन नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

अदालतले साउन ३२ गतेसम्म कामकाज नगराउन र सीईओको हैसियतले काम नगर्न भट्टका नाममा पनि आदेश दिएको छ। त्यसैगरी मुद्दामा छलफलका लागि साउन ३२ गते दुबै पक्षलाई बोलाइएको छ।

भट्टको नियुक्तिविरुद्ध जयबहादुर भुजेलले नेपाल सरकार मन्त्रिपरिषद्, लगानी बोर्ड, सिफारिस समिति र सुशील भट्टलाई प्रतिवादी बनाएर आइतबार पाटन उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।

रिट निवेदनमा भुजेलले भट्टको नियुक्ति गैरकानूनी रहेको जिकिर गर्दै नियुक्तिमाथि उत्प्रेषणको परमादेश माग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell