PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

१८३ जना स्वास्थ्यकर्मीमा संक्रमण, कहाँका कति?



पहिलोपोस्ट

१८३ जना स्वास्थ्यकर्मीमा संक्रमण, कहाँका कति?

काठमाडौं : नेपालमा कोभिड-१९ को संक्रमण बढ्दै गएपछि स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुन थालेका छन्। ६० महिला र १ सय २३ पुरुष गरी १ सय १८३ जना स्वास्थ्यकर्मी संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले प्रदेश १ मा महिला १ पुरुष र ७ गरी जम्मा आठ जना संवास्थ्यकर्मी संक्रमित भएको बताए।

प्रदेश २ मा महिला २० र  पुरुष ५८ गरी ७८ जना संक्रमित छन्। वाग्मती प्रदेशमा संक्रमित स्वास्थ्यकर्मी महिला पुरुष संख्या बराबर छ। ८ जना महिला स्वास्थ्यकर्मी र ८ जना पुरुष स्वास्थ्यकर्मी संक्रमित भएको गौतमले बताए।

गण्डकीमा महिला स्वास्थ्यकर्मी ६ जना तथा पुरुष स्वास्थ्यकर्मी १४ जना गरी २० जना संक्रमित छन्।

प्रदेश ५ मा ६/६ जना महिला पुरुष गरी १२ जना स्वास्थ्यकर्मी संक्रमित छन्।

कर्णालीमा ६ महिला र १६ जना पुरुष स्वास्थ्यकर्मी गरी २२ जना संक्रमित छन्।  सुदुरुपश्चिममा भने १३ महिला र १४ पुरुष स्वास्थ्यकर्मी गरी २७ जना संक्रमित छन्।

मंगलवार ४ जनाको संक्रमणका कारण निधन भएको छ भने ६ सय ३८ नयाँ संक्रमित थपिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell