PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चितवनको राप्ती नदीमा मृतावस्थामा गैँडा फेला



रासस

चितवनको राप्ती नदीमा मृतावस्थामा गैँडा फेला
फाइल फोटो।

चितवन : राप्ती नदीले बगाएर आज एउटा गैँडा मरेको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने अन्द्रयौली घाट नजिक नदीमा आज मृतावस्थामा गैँडा फेला परेको हो।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत ऋषि रानाभाटका अनुसार करिब १५/२० वर्षको पोथी गैँडा नदीमा मृत भेटिएको हो। मेघौली नजिक राप्ती नदीमा बाढी घट्दै गएपछि गैँडा देखिएको प्रारम्भिक अनुमान गरिएको रानाभाटले जानकारी दिए। उनका अनुसार नदीमा रहेको गैँडालाई बाहिर ल्याएर परीक्षण गर्ने तयारी गरिएको छ।

यसअघि २०७४ सालमा आएको बाढीका कारण बगाएका १३ वटा गैँडा उद्धार गरिएको थियो। यसै महिनामा मात्र भारत पुगेको एक गैँडा नेपाल आएको मौका पारेर उद्धार गरिएको छ। त्यतिबेला राप्ती र नारायणी नदीको बाढीले वन्यजन्तु बगाएर कतिपय मरेका थि। यस वर्ष प्राकृतिक कारणले गैँडा मरेको यो पहिलो हो।

गत आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वनमा प्राकृतिक कारणबाट २६ वटा गैँडा मरेका थिए। यसमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वटा वन क्षेत्रमा गैँडा मरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell