PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने, घाइतेको उपचार ‍खर्च पनि बेहोर्ने 



पहिलोपोस्ट

सरकारले चौरजहारी घटनाका मृतकको परिवारलाई १० लाख दिने, घाइतेको उपचार ‍खर्च पनि बेहोर्ने 
फोटो : रासस।

काठमाडौं : सरकारले रुकुम पश्चिमको चौरजहारी घटनाका मृतकका परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ। सोमवारको मन्त्रिपरिषद् बैठकले घटनाका घाइतेको उपचार खर्च पनि सरकारले बेहोर्ने निर्णय गरेको हो।

रुकुम चौरजहारीको सोतीमा जेठ १० गते भएको घटनामा नवराज बिकसहित गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र टीकाराम नेपालीले ज्यान गुमाएका थिए। मल्ल थरकी प्रेमिकालाई भगाएर ल्याउन भनी आफ्ना १८ जना साथीहरुलाई लिएर नवराज विक प्रेमिकाको घर पुगेपछि उनीहरुमाथि आक्रमण भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell