PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कैलालीमा डुबानमा फसेका २४ जनाको उद्धार



रासस

कैलालीमा डुबानमा फसेका २४ जनाको उद्धार

कैलाली : अविरल वर्षाका कारण डुबानमा फसेका धनगढी उपमहानगरपालिका-१९ लल्लिपुर बस्ती क्षेत्रका २४ जनालाई गएराति उद्वार गरिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीबाट सशस्त्र प्रहरी नायब निरीक्षक किसन सिंह टेरको कमान्डमा खटिएको ११ जनाको टोलीले उनीहरुको उद्वार गरेको गणको कार्यालयले जनाएको छ।

नदी कटान भएर बगेका खोलामा पानी बढेर २५० देखि ३०० मिटरसम्म उक्त बस्तीको क्षेत्र जलमग्न भएको सशस्त्र प्रहरी नायब निरीक्षक टेरले बताए। डुबानमा फसेकाहरुलाई उद्धार गर्न झण्डै दुई घण्टा समय लागेको र उनीहरुलाई सुरक्षित स्थानमा सारी सकिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell