PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विराटनगरमा बढ्दो कोरोनाको जोखिम, प्रदेश र केन्द्रले सहयोग नगरेको महानगर प्रमुखको भनाइ



फूलमाया पुरी

विराटनगरमा बढ्दो कोरोनाको जोखिम, प्रदेश र केन्द्रले सहयोग नगरेको महानगर प्रमुखको भनाइ

विराटनगर : प्रदेश १ को राजधानी विराटनगर। प्रदेशकै ठूला अस्पताल र औद्योगिक क्षेत्र रहेको महानगरको सीमा भारतको जोगवनीसँग जोडिएको छ। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको असरले विराटनगरलाई समेत असर गरेको छ। अझै खुल्ला सीमा कारण थप चुनौती थपिएको छ।

लकडाउन अन्त्य भएपछि खुकुलो बनेको महानगरको जनजीवनमा साउन १७ गतेफेरि लकडाउनको ब्रेक लागेको छ। लकडाउन खुलेसँगै कोरोना संक्रमितको संख्या बढ्न थालेको र समुदायस्तरमै कोरोना संक्रमण फैलिएकाले लकडाउनमा फर्कीएको हो विराटनगर महानगरपालिका।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको र कन्ट्याक्ट ट्रेसिङमा नै समस्या भएकाले संक्रमण नियन्त्रणका लागि लकडाउन गरिएको हो। तर, परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्यापनि तीब्र गतीमा बढेको छ।

सोमवार रातीसम्म विराटनगरका चार ठूला अस्पतालसहित सात अस्पतालका ५१ जना स्वास्थ्यकर्मी र कर्मचारीमा संक्रमण पुष्टी भइसकेको  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले जानकारी दिए।

पोखरेलका अनुसार संक्रमण देखिएकोमा न्यूरो अस्पतालका ७, कोशी अस्पतालका १७ जना र विराट नर्सिङ होमका १३ जना रहेका छन्। त्यस्तै मोरङ सहकारी अस्पतालका ६, गोल्डेनका ३  नोवेल मेडिकल कलेजका ४ र सुरक्षा अस्पतालका १ जना कर्मचारी संक्रमित भएका छन्।

प्रदेशले चासो दिएन

सोमवार राति २३  जना संक्रमित थपिएको  विराटनगर महानगरपालिकामा मंगलवार थप ५० जना संक्रमित गपिए। यससँगै महानगरमा ३ सय ६६ पुगेको पोखरेलले बताए।

अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिन थालेपछि र ट्राभल हिस्ट्री नै नभएकामा पनि संक्रमण देखिएपछि महानगरपालिकाले समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको घोषणा गरेको थियो। जसकारण संक्रमण रोक्नका लागि महानगरपालिकाले साउन १७ देखि ३० गतेसम्म कडा लकडाउन  घोषणा गरेको हो।

‘समुदायमा संक्रमणको अवस्था थप भयावह नहोस् भन्नका लागि हामीले फेरि लकडाउन गर्‍यौं।संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको बेला परीक्षणको दायरा पनि बढाएका छौं’ महानगर प्रमुख भीम प्रमुख पराजुलीले भने।

महानगरले पर्याप्त प्रयास गरिरहेपनि संक्रमितको व्यवस्थापन गर्न थप आइसोलेसनका लागि प्रदेश सरकारले कुनै चासो नदेखाएको बताउँछन् पराजुली।त्यसैले विराटनगर महानगरपालिकाले आइसोलेसनको व्यवस्थापन आफै गर्न थालेको पराजुलीले दाबी गरे।

हाल महानगरमा कोरोनासंक्रमितको संख्या बढेसँगै आइसोलेसनको अभाव भएको छ। कतिपय संक्रमित होम आइसोलेसनमै बस्न बाध्य भएका छन्। केही अस्पतालले आफ्ना कर्मचारीहरुलाई अस्पतालकै आइसोलेनमा राखी उपचार गराइरहेकाछन्।

महानगरपालिकाले वडा १९ को बैजनाथपुरमारहेको स्वास्थ्य चौकीमा पहिलोपटक २० बेड क्षमताको आइसोलेसनको व्यवस्थापन गरेको छ।यसअघि क्वारेन्टाइन बनाइएको स्वास्थ्यचौकी भवनलाई नै आइसोलेसनमा परिणत गरिएको हो।

तर,बैजनाथपुरमा हालसम्म कुनै संक्रमित नदेखिएको कारण क्वारेन्टाइनलाई नै आइसोलेसन बनाउँदा स्थानीयले विरोध गरेको बताउँछन् वडा अध्यक्ष वडा अध्यक्ष बद्रीनारायण सरदार ।

हाललाई वडा कार्यालयकै एक कोठामा स्वास्थ्यचौकीबाट दिइने अत्यावश्यक सेवा प्रदान भइरहेको पनि उनले जानकारी दिए।

मंगलवार विहानसम्म वैजनाथपुर स्वास्थ्यचौकीमा बनाइएको आइसोलेसनमा एक महिलासहित १२ जना कोरोना संक्रमित रहेको महानगरपालिकाका कोभिड १९ टीमका सुपरभाइजर तथा फोकल पर्सन हैदर अलीले जानकारी दिए।

यता आगामी दिनमा महानगरपालिकाले आइसोलेसन वार्डको संख्या निरन्तर बढाउँदै जाने र कुनैपनि अवस्थामा महानगरपालिका आफ्नो दायित्वबाट पछि नहट्ने महानगर प्रमुख पराजुली बताउँछन्।

‘आफ्नो कार्यक्षेत्रभित्र परोस्या नपरोस् महानगरपालिका आफ्नो दायित्वबाट पछि हट्दैन।’ उनले भने ‘त्यसैले हामी एक नीजि अस्पताललाई पनि आइसोलेसन वार्ड बनाउने प्रकृया अगाडि बढाइरहेका छौं’।

महानगरपालिकाले पछिल्लो समय आइसोलेसन वार्डको अभावमा संक्रमितहरुलाई होम आइसोलेसनमा बस्न अनुमति पनि दिन थालेको छ। तर पनि महानगरपालिकाले आफै आइसोलेसन वार्डको व्यवस्थापनमा लाग्न छोडेको छैन।

प्रमुख पराजुली भने अहिलेको अवस्थालाई नियन्त्रण गर्न  प्रदेश र संघले उचित सहयोग नगरेको आरोप लगाउँछन्।

दैनिक दुई सयको परीक्षण, रिपोर्ट किन ढिला ?

महानगरपालिकाले दैनिक दुई सय बढीको कोरोना परीक्षणका लागि स्वाब संकलन गर्दै आएको छ। भने पीसीआर रिपोर्टका लागि प्रदेश प्रयोगशाला र कोशी अस्पताल पठाउने गरेको छ। तर रिपोर्ट चारदिनसम्म पनि नआउँदा शंकास्पद व्यक्तिहरुले बारम्बार आफूहरुलाई प्रश्न गर्ने गरेको प्रमुख पराजुलीको भनाइ छ।

पीसीआर रिपोर्ट समयमा नै नआउँदा संक्रमण फैलिन सक्ने भन्दै उनले सामाजिक संजालमा नै आफ्ना विचार राख्न बाध्य बनेका थिए। उनले आफ्नो फेसबुकमा लेखे ,’पीसीआरको रिपोर्ट चाडो गराईदिनु पर्‍यो भनेर क-कसको चाकडी गर्नु पर्ने ? हरेक कुरामा असहयोग यो त अतिभो?’

समयमै परीक्षणको रिपोर्ट नआउँदा कुनैपनि बेला समुदायमा भयावह स्थिति आउन सक्ने उनी बताउँछन्। संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्राथमिकताका साथ समयमै रिपोर्ट दिन प्रदेश सरकारले थप व्यवस्थापन गर्नुपर्ने उनको बुझाइ छ।

प्रदेश सरकारले व्यवस्थापन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा बनाइएको आइसोलेसन वार्ड संक्रमितहरुले भरिएको छ।

त्यसैगरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि थप संक्रमित राख्न सक्ने अवस्था नरहेको जानकारी पाएको बताउँछन् विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्की।

विराटबाट अरुले सिके !

लकडाउन खुकुलो भएसँगै विराटनगरमा स्वास्थ्यकर्मीलाई समेत कोरोना संक्रमण देखिएछि अवस्था थप चिन्ताजनक बनेको छ। साउन ७ मा विराट अस्पतालका चिकित्सक तथा सञ्चालकमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो। त्यसपछि महानगरपालिकाले अस्पताललाई सिल गरेको थियो। कारण- संक्रमितको पहिचान लुकाउनु।

‘संक्रमितको पहिचान लुकाएका कारण जनमानसमा थप जोखिम नहोस भन्नका लागि बाध्यात्मक अवस्थामा हामीलि अस्पताल शील गरेका हौं’ विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले भने।

विराट नर्सिङ होमका चिकित्सक तथा सञ्चालकले पहिचान लुकाएर कोरोना परीक्षण गराएका थिए। संक्रमण पुष्टी भइसक्दा पनि ३८ घण्टापछिमात्रै उनीहरु महानगरपालिकाको सम्पर्कमा आएका थिए। त्यसपछि जनमानसमा संक्रमण फैलिन सक्ने भन्दै महानगरपालिकाले अस्पतालालई   सिल गरेको थियो।

विराट अस्पतालपछि कोशी अस्पचालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखियो। तर महानगरपालिकाले अस्पताललाई सिल गरेन। कोशी अस्पतालल आफैले ओपीडी सेवा बन्द गर्‍यो। हालसम्म विराटनगरका सात वटा अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण पुष्टी भइसकेको छ। तर महानगरपालिकाले अस्पताल सिल गर्नुनपरेको महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेलले बताए।

‘विराटलाई देखेर अन्य अस्पतालले पक्कै सिकेको हुनुपर्छ’ उनले भने ‘त्यसैले त होला अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिन थालेपछि ओपीडी सेवा बन्द गरेका छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell