PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पहिलो पुस्ताका फुटबल खेलाडी इन्द्रसिंह सुब्बाको निधन



रासस

पहिलो पुस्ताका फुटबल खेलाडी इन्द्रसिंह सुब्बाको निधन
फोटो : एन्फा।

काठमाडौं : नेपाली फुटबल टोलीका पहिलो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बाको निधन भएको छ। सुब्बाको ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा आज निधन भएको हो।

मुटुमा समस्या देखिएपछि उनलाई केन्द्रमा भर्ना गरिएको थियो। नेपालले पाकिस्तानमा सन् १९६३ मा आगाखाँ गोल्डकप अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा सुब्बा उक्त टोलीमा थिए।

नेपालले खेलेको अन्तर्राष्ट्रिय प्रतियोगिता त्यही नै पहिलो थियो। नेपाली टोलीको कप्तान त्यस बेला नरशमशेर जबरा थिए।

सुब्बा भारतको दार्जिलिङमा जन्मिएका हुन्। पछि फुटबल खेल्न उनी नेपाल आएका थिए। उनी बाँचुञ्जेल काठमाडौंमै बसेका थिए। अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले विभिन्न रोगले च्यापेपछि सुब्बालाई एक महिनाअघि ललितपुरको अल्का अस्पताल भर्ना गरिएको बताए। पछि मुटुमा समस्या देखिएपछि उनलाई केन्द्रमा भर्ना गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell