PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि बाह्रबिसे नगरपालिकाको वडा नम्बर ४ सिल



पहिलोपोस्ट

मृत्यु भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि बाह्रबिसे नगरपालिकाको वडा नम्बर ४ सिल

काठमाडौँः मृत्युपछि एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ४ का निश्चित क्षेत्र सिल गरिएको छ। साउन २३ गते मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएका ८४ वर्षीय पुरुषको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको भन्दै नगरपालिकाले वडाका केही क्षेत्र सिल गरेको हो। मंगलबार परीक्षणको रिपोर्ट आएको हो।

बाह्रबिसे नगरपालिकाले वडा नम्बर २ को पूर्वको कर्थली बुदेपा, उत्तरमा वडा नम्बर ३ को खाक्दल खोलासम्म पश्चिममा वडा नम्बर ९ को राम्चे बजार र दक्षिणमा शारदा माध्यमिक विद्यालय सुनकोसीसम्मको क्षेत्रभित्र पर्ने स्थान सिल गरेको हो।

सिल भएका स्थानमा सवारी आवागन तथा व्यापारिक क्रियाकलाप नगर्न पनि नगरपालिकाले आग्रह गरेको छ। यस्तै, दाहसंस्कारमा संलग्न तथा भेटघाटमा गएका सबैलाई क्वारेन्टाइनमा बस्न पनि नगरपालिकाले आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell