PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

न्यूजिल्याण्डमा कोभिड-१९ : संक्रमण मुक्त भएको १०२ औं दिनमा ४ नयाँ केस, तीन दिन लकडाउन घोषणा



पहिलोपोस्ट

न्यूजिल्याण्डमा कोभिड-१९ : संक्रमण मुक्त भएको १०२ औं दिनमा ४ नयाँ केस, तीन दिन लकडाउन घोषणा

न्यूजिल्याण्डमा फेरि कोभिड-१९ को नयाँ केस देखिएको छ। बुधवार देश कोरोना भाइरस मुक्त भएको १०२ औं दिनमा नयाँ संक्रमण पुष्टि भएको हो।

एकै परिवारका ४ जनामा संक्रमण देखिएको हो। उनीहरूमध्ये कसैको पनि केही समय यताको 'ट्राभल हिस्ट्री' नभएको बीबीसीले जनाएको छ

संक्रमण देखिए पछि न्यूजिल्याण्ड पुन: लकडाउन भएको छ। अकल्याण्ड बुधवारदेखि तीन दिनका लागि ठप्प रहनेछ। घरबाहिर कोही निस्कन पाउने छैनन्, ठूला भेला निषेधित छ, अत्यावश्यक व्यवसाय मात्र खुला रहनेछ र सामाजिक दूरी कायम राख्नु पर्ने बताइएको छ।

संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।

न्यूजिल्याण्डमा हालसम्‍म १ हजार २ सय २० संक्रमण पुष्टि भएको छ भने कोभिड-१९ का कारण २२ जनाले ज्यान गुमाएका छन्। सोमवार मात्र त्यहाँका स्थानीयमा संक्रमण नदेखिएको १ सय दिन पूरा भएको थियो।

बाहिरबाट आएका २२ एक्टिभ केसहरू भने आइसोलेसनमा उपचाररत् छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell