PahiloPost

Jan 18, 2026 | ५ माघ २०८२

बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, उपचारका लागि अमेरिका लगिँदै



पहिलोपोस्ट

बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर, उपचारका लागि अमेरिका लगिँदै

बलिउड स्टार सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। गत साता उनको स्वासप्रस्वासमा समस्‍या देखिएपछि लीलावती अस्पताल पुर्‍याइएको थियो। त्यहाँ उनको परीक्षणपछि फोक्सोमा पानी जमेको खबर सार्वजनिक भएको थियो। टाइम्स अफ इन्डियाले जनाए अनुसार उनको फोक्सोको क्यान्सर तेस्रो चरणमा छ।

सञ्जयलाई उपचारका लागि अमेरिका लगिँदैछ। उनको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन्।

सञ्जय लकडाउनयता मुम्बईमा एक्लै थिए। उनकी श्रीमती र दुई सन्तान दुबईमा छन्। घुम्‍न गएका उनीहरू लकडाउनका कारण उतै रहे। स्रोतले भनेको छ, 'बाबा निकै अप्ठ्यारो स्थितिमा छन्। यो खबर परिवारसम्म पुग्नु झनै पीडादायी बन्नेछ।'

सञ्जयले ट्वीटरमार्फत् आफू केही समयका लागि कामबाट 'ब्रेक'मा रहने बताएका छन्। लेखेका छन्, 'मेरो परिवार र साथीहरू मसँगै छन्। मेरा शुभचिन्तकहरू चिन्तित नहुनुहोस्। तपाईंहरूको माया र स्नेहले म चाँडै ठीक भएर फर्कने छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell