PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

वुल्भ्समाथि संघर्षपूर्ण जित निकाल्दै सेभिया सेमिफाइनलमा



पहिलोपोस्ट

वुल्भ्समाथि संघर्षपूर्ण जित निकाल्दै सेभिया सेमिफाइनलमा

युरोपा लिग अन्तर्गत गएराति भएको खेलमा वुल्भरह्याम्टन वन्डरर्समाथि संघर्षपूर्ण जित निकालदै सेभिया सेमिफाइनलमा पुगेको छ। डुइसबर्गमा भएको खेलमा सेभियाले खेलको अन्तिम समयमा गोल गर्दै १-० जितमा सेमिफाइनलको यात्रा तय गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा लुकास ओकाम्पोसले ८८ औं मिनेटमा निर्णायक गोल गरे। पहिलो हाफमा वुल्भ्सले पेनाल्टीको अवसर पाए पनि त्यसमा चुकेको थियो। खेलको १३ औं मिनेटमा रउल जेमेनेज पेनाल्टीमा चुकेका थिए।

सेभियाले सेमिफाइनलमा अब म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

त्यस्तै गएराति नै भएको अर्को खेलमा बसेललाई हराउँदै सख्तर पनि युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। सख्तरले ४-१ को फराकिलो जित निकाल्दै सेफिफाइनलको यात्रा तय गरेको हो। सेमिफाइनलमा सख्तरले इन्टर मिलानको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell